दाने बोहरा
हुम्ला ८ मङ्सिर
कृषक लाई कृषि क्षेत्रमा सहयोग पुराउने उद्देश्यले स्थानीय बिउ बैंकको स्थापना भएको छ । खार्पुनाथ गाउँपालिकामा रहेको कर्णाली कृषि सहकारी संस्था र स्थानिय बाली परियोजना कार्यक्रम द्धारा नल्न गाउँमा आज चिनु कुटने मेशिन हस्तान्तण भएको हो । लोभ हुन लागेका बालिहरुको संक्षण गर्नका लागि पनि सामुदायिक विउ बैंक उद्दघाटन गरिएको लिवर्ड हुम्लाका सहायक प्राविधिक सुन्दर रावतले बताउनु भयो ।
स्थानीय निकाया बाट केहि आर्थिक सहयोग भएकै कारणले विउ बैंकको स्थापना भएको बताउनु हुन्छ कृषक जयबहादुर रिमाल भयो ।
खार्पुनाथा गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालले उत्पादनको लागि विउविजन लाई खोजमुलक गरेर सबै वडामा पुर्यान आग्रह गर्नु भयो ।
कृषक लाई नयाँ प्रविधीे चिनु कुटने मेसिन हस्तान्तरण गर्ने कार्यmक्रमा उद्द्घटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष कर्ण रावलले यो प्रभावकारी भएमा आगामि बर्षमा सबै वडामा लागु गर्ने बताए
हुम्लामा स्थानय बालीनाली लोभ हुने लागेको अबस्थामा कसरी बचाउन सकिन्छ भनेर यो कार्यक्रम लागु गरेको स्थानिय बाली परियोजना,राष्ट्रिय परियोजना प्रबन्धक डाक्टर देवेन्द्र पौडेले बताउनु भयो ।
नयाँ प्रविधी बाट चिनुकुटने मेशिन हस्तान्रण कार्यक्रमको समापन गर्दै कर्णाली सहकारी संस्थाका अध्यक्ष समेत रहनु भएका नवराज भण्डारीले यो संस्थाको सपना भने ठुला ठुला छन् तर सबैले सहयोग गरेमा आफु लाई सहज हुने बताउनु हुन्छ ।
पछिल्लो सयमा गैरसरकारी संस्थाहरुले किसानहरु लाई विभिन्न आयआर्जनका कार्याक्रम लक्षित गर्दै आईरहेका छन । तर कृषकले परम्रपारगत खेती प्रणाली नछोडुन र आधुनिक कृषि प्रर्णाली आधार नबन्नुले नै हुम्लामा बषेनी खाद्ययन्नको संकट हुँदै आएको छ । यस बारे स्थानीय तह देखि केन्द्रय सरकार सम्मले हुम्ला लाई बास्तवमा आधुनिक खेतीपार्तीमा आकर्षण गराउने कार्यक्रम दागु हुन जरुरी रहेका आजका सहभागि कृष्कहरुले बताउनु भयो ।