About
Log in
Date: 2021-09-21 || Time:
Close
गृहणी देखि स्कुले बालबालिका दाउरा वेची घर खर्च चलाउन थालेका छन् । वर्ष भरि खेतवारीमा लगाएको अन्नबालीले ३ महिना पनि खाना नपुगेपछि दाउरा वेची घरको लागी खाध्यन्न जोहो गरिएको सिमकोट गाउँ पालिका वडा नं ७ थाया गाउँकी महिलाले बताएकी छन् । वर्ष भरि खेतवारीमा काम गरेपनि कहीले खडेरी कहिले पानी ज्यादा परेपछि उत्पादन नहुदा विहान ४ वजे सिमकोटमा दाउरा ल्याएर बेच्ने गरेको र आफुसँग दाउरा बोक्ने दुइ वटा झोपा भएको ति झोपाले बोकेको दाउराको दुइ भारीको दिनको १ हजार हुने गरेको ति महिलाले बताइन । महिनामा मुस्किलले २५ हजार सम्म कमाइ भए पनि जगेडा नगरे पनि बालबालिकालाई विधालयमा पठन पाठन गर्न घरको तेल तोरीलगाएतका खाध्यन्न जुटाउन सहज भएको ति महिलाको भनाइ रहेको छ । आफु जस्ता प्रत्येक घरधुरीका महिलाले र विधालय वन्ध भएका वेला स्कुले बालबालिका सिमकोटमा दाउरा ल्याएर नवेचे सम्म चुलोमा आगो नबल्ने बाध्यता रहेको बताइन । त्यसै गरि कक्षा ५ देखि १० कक्षा सम्मका स्कुले विधार्थी तथा बालबालिका पनि शनिवार होस वा सार्वजनिक विदाको दिन होस दिनको एक भारी दाउरा ल्याएर सिमकोटमा वेच्ने गरेको पाइएको छ । सोही दाउरा वेचेको रुपैंयाले कापी कलम आफ्नो लुगाफाटी गर्ने गरेको र कहिले काँही घरमा पनि तेल तोरी नुन चामलको व्यवस्था गरि घरपरिवारलाई सघाउने गरेको पनि पाइएको छ । दाउरा बेचेर खानु आफ्नो रहर नभइ बाध्यता रहेको वताइएको छ ।

हाम्रो बारेमा

हिपमत मिडिया हाउस प्रा. लि. द्वारा संचालित हिमपात डटकम अनलाईन पत्रिकाले सारा हिपमत नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Office Map

Coming soon!!

Contact

Nippon Pharmaceuticals Pvt. Ltd.
Biratnagar, Bakhari-12, Morang, Nepal
Mobile No: 9802750403
Email: nipponpharma2006@gmail.com

Copyright © 2018-2021 Nippon Pharmaceuticals Pvt. Ltd.