About
Log in
Date: 2021-03-04 || Time:
Close

डडेल्धुरा

मङिसर,६ 

डडेल्धुराबाट डोटी तर्फ हिडेको पिसजोन बोडिङ बान्डुग्रीसैनको बस दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको छ । घटना स्थलमै १५ जना र डडेल्धुरा उपक्षेत्रीय अस्पताल ल्याउदै गर्दा ८ जना गरि २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । डडेल्धुराको उग्रतारा देहीजात मेला हेरेर फर्किएको बस गन्यापधुरा गाँउपालिकाका रडुवाको मोडमा सडकबाट ३०० मीटर तल खसेर दुर्घटना भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने र घाईतेहरुको अबस्था पनि चिन्ताजनक रुपमा देखिएको घटनास्थल पुग्नु भएका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा २० जना घाईतेको उद्धार गरि उपचारका लागी उपक्षेत्रीय अस्पताल पु¥याएको प्रहरी प्रमुख डम्बरबहादुर केसीले जानकारी दिनुभएको छ । से १ प २९३ नम्बरको पिसजोन इङलिस बोडिङको बस ४ ः ५० बजेतिर दुर्घटना भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी,डडेल्धुरा प्रहरी प्रमुख केसी सहितको सुरक्षा निकायको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ । घटनास्थलमै रहेका प्रजिअ जोशीले दिएको जानकारी अनुसार घटना स्लथको प्रकृती उद्धार कार्यका लागी ज्यादै अप्ठेरो रहेको र अध्यारो भएका कारण उद्धार कार्यमा समस्या भईरहेको बताउनुभएको छ । मृतक हुनेहरुको पहिचान खुल्न सक्ने अबस्था अहिले नै सम्भब नरहेको जानकारी दिनुहुदै प्रजिअ जोशीले उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै हाताहात भएको ह्ुन सक्ने बताउनुभयो । उद्धार गरिएका घाईतेहरु मध्ये अधिकाँसको अबस्था चिन्ताजनक रहेको र मृतकको पहिचान हुन अझै केही समय लाग्न सक्ने उहाँहरुले जानकारी गराउनु भएको छ । उक्त बसमा डोटीको बान्डुसैन क्षेत्रका उग्रतारा मेला हेर्न आएका स्थानियहरु रहेको जनाएको छ । बसमा ४० भन्दा बढी सवारी रहेको बताईएको छ ।

हाम्रो बारेमा

हिपमत मिडिया हाउस प्रा. लि. द्वारा संचालित हिमपात डटकम अनलाईन पत्रिकाले सारा हिपमत नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Office Map

Coming soon!!

Contact

Nippon Pharmaceuticals Pvt. Ltd.
Biratnagar, Bakhari-12, Morang, Nepal
Mobile No: 9802750403
Email: nipponpharma2006@gmail.com

Copyright © 2018-2021 Nippon Pharmaceuticals Pvt. Ltd.