About
Log in
Date: 2021-03-04 || Time:
Close

राज शाही
हुम्ला, ६ मङ्सिर
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका मा एक घर आगलागी हुदा १० लाख ८० हजार बराबर को धनलामालको क्षेती भएको छ । घर आगलागी हुने नाम्खा गाउँपालिका वडा नं. २ केर्मी गाउँ निवासी तेन्जिन पाल्जोर लामाको रहेको छ । आगलागीमा परि ३ झोपा, ७ जुमा र बाच्छी २ गरि जम्मा १३ वटा पशु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयका निरीक्ष गिन्द्र बहादुर बोगटीले बताउनु भयो । लामाको तीन तलाको घरमा आगलागी हुदा ५० हजार नगद र लत्ता कपडा भाँडा बर्तन गरी १० लाख ३० हजारको क्षेती भएको प्रहरी निरिक्षक बोगटीले बताउनु भयो । आगलागी गत मङसिर चार गते राति दश बजे भएको निरिक्षक बोगटीले बताउनुभयो । आगलागीको निवेदन धारापोरी प्रहरी चौकीमा मुचुल्का परेपछि उक्त चौकीले आगलाीमा क्षेतीभएको सामान तथा पशुको मुचुल्का गर्दा दश लाख ८० हजार पुगेको बताईएको छ । घरको माथिल्लो तलामा रहेको भान्सा कोठाबाट आगो तल्लो तलामा खस्दा आगलागी भएको पहरीले अनुमान गरेको छ । नाम्खा गाउँपालिका मा चिसो बढे सँगै टेलिफोनले त्यति काम नगरने भएको हुनाले आगलागिको सुचना दिन ढिला भएको आगलागि पिडीत लामाले बताउनु भयो । आगलागिमा मानविय क्षेति कुनै नभए पनि अन्य सामान सहित गाईवस्तु जलेर नष्ट भएके पनि जानकारी दिनु भयो ।

हाम्रो बारेमा

हिपमत मिडिया हाउस प्रा. लि. द्वारा संचालित हिमपात डटकम अनलाईन पत्रिकाले सारा हिपमत नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Office Map

Coming soon!!

Contact

Nippon Pharmaceuticals Pvt. Ltd.
Biratnagar, Bakhari-12, Morang, Nepal
Mobile No: 9802750403
Email: nipponpharma2006@gmail.com

Copyright © 2018-2021 Nippon Pharmaceuticals Pvt. Ltd.