About
Log in
Date: 2021-03-03 || Time:
Close

अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको  छ । अधिकारीहरुले बिहीबार आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भनेर सावधान गराएका छन् ।

५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले बताएका छन् । न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्रमा यस आँधीको कारणले हेर्नै पनि मुश्किल भएको छ ।

मौसम अधिकारीहरुका अनुसार आँधीले सुख्खा माटो उडाएर ल्याएको छ । अगस्ट महिनादेखि न्यू साउथ वेल्स क्षेत्रको भित्री राज्यमा परेको खडेरीका कारण यस्तो समस्या आएको आँधीले अष्ट्रेलियाको आकाशको रङ्ग बदलिएको छ ।
स्वास्थ्य अधिकारीहरुले स्थानीयलाई कोठाभित्रै बस्न सूचित गरेका छन् । विशेषगरी स्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिका, वृद्ध तथा वयस्क सबैलाई आँधीबाट बच्न आग्रह गरेका छन् । अहिले त्यहाँको आकाशको रङ्ग पनि रातो देखिन थालेको छ ।

हाम्रो बारेमा

हिपमत मिडिया हाउस प्रा. लि. द्वारा संचालित हिमपात डटकम अनलाईन पत्रिकाले सारा हिपमत नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Office Map

Coming soon!!

Contact

Nippon Pharmaceuticals Pvt. Ltd.
Biratnagar, Bakhari-12, Morang, Nepal
Mobile No: 9802750403
Email: nipponpharma2006@gmail.com

Copyright © 2018-2021 Nippon Pharmaceuticals Pvt. Ltd.